News

पौष १ गतेदेखि कक्षा संचालन ! स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालनामा जोड।

  • Tuesday, December 15, 2020
Share this:

भक्तपुर ,मंसिर ३० । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले  आज आदर्श आजाद माबि भक्तपुरको निरीक्षण गर्नुभएको छ । सो क्रममा विद्यालयको नयाँ निर्माणाधीन भवनको अवलोकन गर्दै आदर्श आजाद स्कूलको शैक्षिक भौतिक वातावरण राम्रो भएको बताउनुभयो । प्रमुुुख प्रजापतिले नगरशिक्षाको निर्णयानुसार २०७७ पौष १ गतेदेखि भौतिक उपस्थितिमा संचालन गर्ने भनिएको कक्षा ८,९ र १० को अध्ययन अध्यापनको तयारी सम्बन्धमा विद्यालयका प्र.अ. श्रीकृष्ण किसीसंग छलफलसमेत गर्नुभयो । छ्लफलका क्रममा मेयर प्रजापतिले कक्षा संचालन भएसंगै कोरोना संक्रमणको जोखिम बढ्न सक्ने भएकोले स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गराई कक्षा संचालन गर्नुपर्नेमा जोड दिनुभयो ।               विद्यालयका प्र.अ. श्रीकृष्ण किसीले भौतिक उपस्थितिका साथ कक्षा ८,९ र १० नियमित अध्ययन अध्यापनको लागि सम्पूर्ण व्यवस्थापकिय कार्य सम्पन्न भएको जानकारी दिदैं नगरशिक्षाको निर्दैशानुसार गएको असार १ गतेदेखि नै वैकल्पिक माध्यम(अनलाईन कक्षा)मार्फत विद्यार्थीहरुको सिकाइलाई हालसम्म निरन्तरता दिदै आएको र आफूहरुले स्वास्थ्य मापदण्ड लाई अधिकतम प्राथमिकतामा राखेर कक्षा संचालन गर्ने भएकोले भौतिक उपस्थिति मै कक्षा संचालनका लागि शिक्षकहरु तत्पर रहेको जानकारी दिनुभयो । 

पाठ्यवस्तु समायोजन ढाँचा २०७७

download

Admission Form 2020

Admission now has open. Form can be download via website

download

We work hard to prepare every student for their professional life

Our courses offer a good compromise between the continuous assessment favoured by some universities and the emphasis placed on final exams by others.